समाज


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

नेपालखबर
असार २३, २०८२ सोमबार १८:१९, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको सिफारिस समितिले प्राडा खड्ग केसी, प्राडा दीपक अर्याल र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

अब विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री ओलीले सिफारिस भएका मध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।

तत्कालीन उपकुलपति केशरजंग बरालले कुलपति एवं प्रधानन्त्री ओलीबाट असहयोग भएको भन्दै गत चैत १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि खड्ग केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।

सिफारिस समिति समक्ष १२ जना आकांक्षीहरूले बायोडेटा बुझाएका थिए। 

जसमा सिफारिस भएका ३ जनाका अलवा  प्राडा योगेन्द्रबहादुर गुरुङ, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्र कोइराला, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वरजिस्ट्रार डिल्ली उप्रेती र मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी पनि प्रमुख आकांक्षी थिए।

(*यसअघि मन्त्रालय स्रोतले प्राडा योगेन्द्रबहादुर गुरुङ सिफारिसमा परेको भन्ने जानकारी दिए पनि प्रधानमन्त्रीको सचिवालयले उनको नाम नरहेको र दीपक अर्याल सिफारिसमा रहेको जानकारी दिएकाले सोहीअनुसार सच्याइएको छ- सम्पादक) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad