नुवाकोटको त्रिशूली नदीमा दाउरा टिप्न गएका दुईजना स्थानीय बाढीमा फसेका छन्।
आज बिहान दाउरा टिप्न गएका दुई स्थानीय त्रिशूलीमा एक्कासी आएको बाढीमा फसेका त्यहाँका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।
बाढीका फसेकाहरूले रुखमा चढेर ज्यान जोगाइरहेका छन्।
‘उनीहरुको उद्धारमा बिहान एउटा हेलिकप्टर गएको थियो,’ प्रजिअ घिमिरेले नेपालखबरसँग भने, ‘तर त्यस क्षेत्रमा रहेको हाइटेन्सन लाइनको कारण उद्धार हुन नसक्दा हेलिकप्टर त्यसै फर्कियो। उनीहरुको उद्धारको लागि नेपाली सेनाको एमआई १७ हेलीकप्टर मगाइएको छ। हामी उद्धारको प्रयासमा छौँ।’
नुवाकोटबाट फर्किएको हेलिकप्टर रसुवाको बाढी प्रभावित क्षेत्रतिर गएको घिमिरेले बताए।
933
Shares

प्रतिक्रिया