कर्णाली करिडोर अन्तर्गत हुम्लाको भिडगौडमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छ्रन।
एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ।
चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा२झ ४५८० नम्बरको एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो।
एम्बुलेन्स चालक अन्दाजी ३६ वर्षीय जङ्ग शाही घाइते भएका छन्। हाल जिल्ला अस्पतालको सघन कक्षमा उनको उपचार भइरहकेो प्रहरीले जनाएको छ।
405
Shares

प्रतिक्रिया