समाज


भोटेकोसी बाढी अपडेटः ५५ जनाको उद्धार, १८ बेपत्ता, १०० भन्दाबढी गाडी बगे

भोटेकोसी बाढी अपडेटः ५५ जनाको उद्धार, १८ बेपत्ता, १०० भन्दाबढी गाडी बगे

नेपालखबर
असार २४, २०८२ मंगलबार १५:४०, काठमाडौँ

रसुवामा मंगलबार बिहान भोटेकोसीको आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार मंगलबार अपरान्हसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना बेपत्ता भएको पुष्टि भएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्। 

यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्।

यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्। 

यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्।

यी हुन् बेपत्ता ३ प्रहरी

-प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४२ का प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

-जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नं.०१ बस्ने वर्ष २४ का प्रहरी जवान मुन्ना ठाकुर

-प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नं. ९ बस्ने वर्ष २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा 

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

-बर्दियाका ३६ वर्षीया जिपन चौधरी

-त्यही जिल्लाका वर्ष ३५ का सन्तोष दइत

-बर्दियाकै वर्ष २५ का बुद्धिराम राम थारु

-त्यही जिल्लाका वर्ष २४ का लक्ष्मीनारायण थारु

-बर्दियाकै वर्ष ३० का सुरेश थारु

-बागलुङ घर भएका वर्ष नखुलेका नरेन्द्र वि.क.

-सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा

-ठेगाना नखुलेको मिक्चर चालक गोविन्द मोक्तान

-ठेगाना नखुलेका हाइलक्स चालक लोकमान तामाङ 

यस्तै बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्। 

नामावली

-चिनियाँ पुरुष यु युए

-चिनियाँ पुरुष लि हुक्वाइङ

-चिनियाँ पुरुष नै याङ चुआन

-चिनियाँ पुरुष यु हाइ हाङ

-चिनियाँ पुरुष यु छिआओ कुई

-चिनियाँ पुरुष जोउ योङ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad