सिन्धुलीमा रुखले किचेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरउँमा पानी परेको अवस्थामा ओत लाग्न नजिकैको छाप्रोमा बसिरहेको अवस्थामा पानी तथा पहिरोको कारण सालको रुख उक्त छाप्रो माथि ढलेको थियो।
घटनामा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोलेको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ।
यस्तै, १४ वर्षकी सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षका सुशील थिङ घाइते भएका छन्।
प्रहरीका अनुसार सिर्जना र सन्ध्यालाई उपचारको लागि हेटौँडातर्फ पठाइएको छ भने
सुशीलको पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेमा उपचार भइरहेको छ।
72
Shares

प्रतिक्रिया