समाज


जंगली जनावरबाट बाली जोगाउँन थापेको विद्युतीय पासोमा परेर ३५ वर्षीय युवकको मृत्यु

जंगली जनावरबाट बाली जोगाउँन थापेको विद्युतीय पासोमा परेर ३५ वर्षीय युवकको मृत्यु

नेपालखबर
साउन २२, २०८२ बिहिबार ७:४३, मकवानपुर

मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोल निवासी ३५ वर्षीय लालबहादुर माेक्तानकाे करेन्ट लागेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

जोगितालस्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउन बनाइएको करेन्टयुक्त तारमा छुँदा  मोक्तानको घटनास्थलमै मृत्यु भएकाे हाे।

चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जङ्गली जनावरबाट बाली जोगाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए।

खेतको निगरानीका लागि गएका उनकाे करेन्टमा परेर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad