आज बिहान सिन्धुपाल्चोक, नुवाकोट, कास्की, बर्दिया, दाङ, दैलेख र लमजुङमा भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले स्थानीयलाई सतर्क रहन सुझाव दिएको छ।
विभागले आज बिहान जारी गरेको विवरणअनुसार उल्लिखित ३ जिल्लामा ३ घण्टामै भारी वर्षा भएको हो।
सूचना : १ (बिहान ३:४० बजे) - पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशूली वेत्राबती र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने ताडी खोलालगायत अन्य ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने आवश्यक सतर्कता अपनाइराखौँ।
सूचना : २ (बिहान ४ बजे) - पछिल्लो ३ घण्टामा बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने ससाना खोलामा जलसतह बढ्न सक्ने रहेकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाइराखौँ।
सूचना ३ : (बिहान ६:१० बजे) - पछिल्लो ३ घण्टामा दैलेख जिल्लास्थित दैलेख (एडब्ल्यूएस) वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने लोहरे खोलालगायत अन्य ससाना खोलामा बहाब बढ्न सक्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाइराखौँ।
सूचना ४ : (बिहान ६:२० बजे) - पछिल्लो ३ घण्टामा लमजुङ जिल्लास्थित खुदी बजार, लुम्ले, भुजुङ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ। तर उल्लिखित ७ जिल्लामा यति वर्षा ३ घण्टामै भएको हो।
Shares

प्रतिक्रिया