समाज


धापासीमा पार्क बनाउन लगाइएको पर्खाल भत्किदा सडक अवरुद्ध

धापासीमा पार्क बनाउन लगाइएको पर्खाल भत्किदा सडक अवरुद्ध

नेपालखबर
भदौ ७, २०८२ शनिबार १६:२, काठमाडौँ

काठमाडौँको धापासीस्थित टोखामा पहिरो गएको छ। शुक्रबारको अविरल वर्षाका कारण अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो। 

पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ। पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा  पोल ढाल्दा सो क्षेत्रमा शुक्रबारबाटै विद्युत आपूर्ति बन्द भएको छ। पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ। 

पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ। स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताए।
वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको उनको भनाइ छ।

स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खालमाथि लगाएका कारण पहिरो गएको हुनसक्ने आँकलन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad