यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गरिने बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिमा उल्लेख छ।
बोर्डले माध्यमिक तहको अन्तिम मानिने कक्षा १२ को वार्षिक परीक्षा भने २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ।
कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गर्ने बोर्डको तयारी छ। बोर्डले एसईईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ।
234
Shares

प्रतिक्रिया