समाज


पौडी खेल्ने क्रममा काठमाडौंको टेकु दोभानमा बालक बेपत्ता

पौडी खेल्ने क्रममा काठमाडौंको टेकु दोभानमा बालक बेपत्ता

नेपालखबर
भदौ ८, २०८२ आइतबार १७:३८, काठमाडौँ

बागमती नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। 

काठमाडौं महानगरपालिका–१२, टेकु दोभानस्थित वंशिघाट बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम बेपत्ता भएका हुन्।

हिजो (भदौ ७ गते) दिउँसो साढे २ बजे नदीमा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज उनको खोजीकार्यमा परिचालित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad