समाज


काठमाडौँ महानगरको कार्यशैलीविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

काठमाडौँ महानगरको कार्यशैलीविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

तस्बिर : प्रभु साह


नेपालखबर
भदौ ९, २०८२ सोमबार १६:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

सोमबार उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौँ प्लाजासम्म र्‍याली निकालेका थिए।

व्यवसायीहरूले सर्वोच्च अदालतको आदेश विपरीत महानगरले कबाड व्यवसायमाथि तोडफोड, जबर्जस्ती र नियन्त्रणकारी गतिविधि गरेको आरोप लगाएका छन्।

उनीहरूका अनुसार, लाखौं नागरिकको जीविकासँग सम्बन्धित यस व्यवसायलाई व्यवस्थापन र संरक्षण गर्नुको सट्टा दमनात्मक ढंगले व्यवहार गरिएको छ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हजारौं परिवारको रोजीरोटीसँग जोडिएको पेसालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा महानगरले उल्टै तोडफोड, कुटपिट जस्ता काम गरेर जनताको हक अधिकारमाथि धक्का पुर्‍याएको आरोप लगाए।

यसअघि पनि कबाड व्यवसायीहरू महानगरको अभियानविरुद्ध विभिन्न चरणमा आन्दोलित हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad