समाज


चर्को आवाजमा मोटरसाइकल चलाएको भन्दै कुटपिट गरी युवकको हत्या, ८ जना पक्राउ

चर्को आवाजमा मोटरसाइकल चलाएको भन्दै कुटपिट गरी युवकको हत्या, ८ जना पक्राउ

सांकेतिक फोटो


नेपालखबर
भदौ १०, २०८२ मंगलबार १६:०, काठमाडौँ

स्याङ्जामा ३२ वर्षीय युवकको हत्या अभियोगमा ८ जना पक्राउ परेका छन्। 

वालिङ नगरपालिका ५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा स्याङ्जा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका ५ का २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका ६ का २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका ५ का २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन्।

प्रहरीका अनुसार वालिङ नगरपालिका ५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढाल बहादुरलाई शनिबार राति उनीहरुले कुटपिट गरेका थिए। 

कुटपिटबाट गम्भीर घाइते भएका थापालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। तर उपचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको थियो। 

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत स्याङ्जाबाट १० दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad