समाज


आधा दर्जन मुद्दाका अभियुक्त- कारागारबाट छुटेको १५ दिनमै मोटरसाइकल चोरे, फेरि पक्राउ

आधा दर्जन मुद्दाका अभियुक्त- कारागारबाट छुटेको १५ दिनमै मोटरसाइकल चोरे, फेरि पक्राउ

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १९:२१, काठमाडौँ

चोरी डाँका मुद्दामा १० महिना जेल बसेर निस्केका एक व्यक्ति मोटरसाइकल चोरी गर्दैगर्दा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका १ का वर्ष ३२ को लालबहादुर घिसिङ रहेका छन्। 

लालबहादुरलाई काठमाडौँको गौशालामा प्रविण तामाङले पार्किङ गरिराखेको प्रदेश ३-०१२ प ४७७ नम्बरको आर१५ मोटरसाइकल चोरी गरी लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो। 

उनको साथबाट मोटरसाइकलको चाबी फुटाल्ने टी समेत फेला परेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका लालबहादुर उपर चोरी डाँकासम्बन्धी आधा दर्जनभन्दा बढी मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ।

२०७९ वैशाख १२ गते इलाका प्रहरी कार्यालय चन्द्रनिङ्गापुर रौतहटबाट डाँका तथा चोरी मुद्दा चलेको।

२०७९ भदौ ५ गते इलाका प्रहरी कार्यालय केशरगंञ्ज सर्लाहीबाट अभद्र व्यवहार मुद्दा चलेको।

२०८० भदौ ६ गते महानगरी प्रहरी वृत्त बानेश्वरमा मोटरसाइकल चोरी मुद्दा चलेको। 

२०८० चैत १४ गते इलाका प्रहरी कार्यालय बनेपा काभ्रेबाट चोरी डाँका मुद्दा चलेको।

२०८१ वैशाख ४ गते र १३ गते प्रहरी वृत्त ठिमी भक्तपुरबाट चोरी तथा डाँका मुद्दा चलेको

२०८१ असोज ६ र ८ गते जिल्ला प्रहरी परिसर भक्तपुर बाट डलर सम्बन्धी ठगी मुद्दा चलेको। 

उनी २०८१ कात्तिक १ गते प्रहरी वृत्त स्वयम्भूबाट ठगी मुद्दामा पक्राउ परि २०८२ साउन २६ गते कारागारबाट छुटेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका लालबहादुर उपर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad