समाज


४ बुँदे माग राख्दै डा गोविन्द केसीले थाले २३ औँ सत्याग्रह

४ बुँदे माग राख्दै डा गोविन्द केसीले थाले २३ औँ सत्याग्रह

नेपालखबर
भदौ १५, २०८२ आइतबार १३:४, काठमाडौँ

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा डा गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका छन्। 

सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस)को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गरेका हुन्। केसीले मेडिकलमा सिट बढाएको लगायत ४ बुँदे माग राखेर सत्याग्रह थालेका हुन्।

त्यस्तै उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न माग गरेका छन्।

लिपुलेखमा अतिक्रमण बन्द गरी जमिन फिर्ता लिन पहल गर्न सरकारसँग आग्रह गरेका केसीले रुस र इजरायललाई युक्रेन र गाजामा भइरहेको आक्रमण बन्द गर्न पनि माग गरेका छन्।

यस्ता छन् डा केसीका माग :
१. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न।

२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न।

३.लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता 
गर्न नेपाल सरकारसँग माग गरिन्छ।

४.युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad