समाज


आज पूर्णरूपमा अवरुद्ध छन् यी ११ राजमार्ग

८ वटा सडकमा एकतर्फी गाडी सञ्चालन
आज पूर्णरूपमा अवरुद्ध छन् यी ११ राजमार्ग

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८२ सोमबार ८:३९, काठमाडौँ

वर्षापछिको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्। 

आज संखुवासभास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही-रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट- डोल्पा-भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क -चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, जाजरकोटको जाजरकोट- डोल्पा सडक आज पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। 

त्यसैगरी काठमाडौँको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि-त्रिवेणी-मैलुङ-स्याफ्रु सडक, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग, अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडकमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ। 

अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ। 

हेर्नुहोस् अवरुद्ध रहेका र एकतर्फी गाडी गुडिरहेका सडक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad