समाज


विवाहमा बेहुला-बेहुलीसहित ५ जना मात्रै सहभागी हुन पाइने

विवाहमा बेहुला-बेहुलीसहित ५ जना मात्रै सहभागी हुन पाइने

गोकुल जोशी
बैशाख ७, २०७७ आइतबार ९:८,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन देश तीन सातादेखि लकडाउनमा छ। अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन प्रतिबन्ध हुँदा मानिसको दैनिकी नै परिवर्तन भएको छ।

लकडाउनले गर्दा मानिस जहाँको त्यहीँ रोकिएका छन्। यो वैशाखको महिना हुनाले विवाहको बेला पनि हो। अन्य वर्ष यो महिना गाउँ शहरमा बिवाह नै विवाह भएको देखिन्थ्यो। कोरोनाको त्रासले देश लकडाउन हुँदा वैशाख महिनामा बिवाहको हुन पाएका छैनन्। 

तर जिल्ला प्रशासन कार्यालय कञ्नपुरले कोभिड–१९ को जोखिम न्यूनिकरणका उपाय अबलम्बन गरेर बिवाह कार्य गर्न सकिने व्यवस्था मिलाएको छ। विवाहमा प्रयोग हुने सवारी साधनलाई पास आवश्यक पर्ने छैन भने बेहुला–बेहुलीसहित ५ जना मात्रै सहभागी हुन पाइनेछ।

‘जिल्लाभित्रका लागि सवारी पास आवश्यक पर्दैन, तर बिबाह कार्यमा भने बेहुला, बेहुली र पण्डितसहित पाँच जना मात्रै सहभागी हुनु पर्छ।’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले भने, ‘जिल्ला बाहिरका लागि सवारी पास आवश्यक पर्छ।’

उनका अनुसार बिवाह कार्यमा बेहुला, बेहुली र पण्डितसहित पाँच जना मात्रै उपस्थित हुन भनिएको छ। विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad