समाज


जेनजीको आन्दोलन उग्र भएपछि बानेश्वरका सटर बन्द

जेनजीको आन्दोलन उग्र भएपछि बानेश्वरका सटर बन्द

नेपालखबर
भदौ २३, २०८२ सोमबार १२:५६, काठमाडौँ

जेनजीको आन्दोलन उग्र भएपछि काठमाडौँको बानेश्वर क्षेत्रका सरकारले कर्फ्यु आदेश जारी गरेको छ। 

सरकारले कर्फ्यु लगाएपछि व्यवसायी सटर बन्द गर्न थालेका छन्। 

जेनजीले संघीय संसद् भवनका तीनवटै गेट घेरेका छन्। सरकारविरुद्ध प्रश्न उठाउँदै सडकमा ‌ओर्लिएको जेनजीको भिडले काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको तीनवटै गेट अगाडिको सडक कब्जा गरेका हुन्। 

प्रदर्शनलाई नियन्त्रणमा लिन बानेश्वर क्षेत्रमा सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ। 

जेनजीको एउटा भिड संसद् भवन परिसर भित्रै छिरेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रलाई चार किल्ला तोकेर कर्फ्यु लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad