जिल्ला प्रशासन कार्यालय झापाले विर्तामोड नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सोमबार साँझ कर्फ्यूको आदेश जारी गरेका हुन्।
स्थानीय प्रशासन ऐन, २०८२ को दफा ६क बमोजिम भदौ २३ गते राति ८ः३० बजेदेखि भदौ २४ गते विहान ५ बजेसम्म विर्तामोड नगरपालिकाको पूर्वमा विर्तामोड बस पार्क छिर्ने मोड सम्म, पश्चिममा रामचोक, उतरमा महानन्दचोक, दक्षिणमा सैनिक मोडसम्म कर्फ्यू आदेश जारी भएको हो।
उक्त चार किल्लाभित्र कसैले आवतजावत गर्न भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ।
108
Shares

प्रतिक्रिया