समाज


आज बिहान ४ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

अत्यावश्यक सेवाका सवारी साधन निर्वाध सञ्चालन हुने
आज बिहान ४ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८२ बिहिबार ५:४५, काठमाडौँ

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ। 

जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान  ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ। 

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले भनेको छ।

सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।

त्यसैगरि निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी, औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न दिने सेनाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad