देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँ, काभ्रे, झापा, ओखलढुंगा, लगायतका स्थानमा मृत अवस्थामा ८ जना फेला परेका हुन्।
तनहुँको भिमाद नगरपालिका-८ स्थित राधाकृष्ण मार्गमा सोही नगरपालिका-८ धारापानी बस्ने ६८ वर्षीय सिद्दबहादुर हमाल बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका- ५ सिपाघाट नगरकोट सडक खण्डमा पनि गोरखा बारपाक घर भएका ५२ वर्षीय बिष घले गुरूङ मृत भेटिएका छन्।
त्यसैगरि झापाको भद्रपुर नगरपालिका- १ बिस नम्बर बस्तीस्थित बाटोमा सोही नगरपालिका १ खनिउडाँडा बस्ने ७३ वर्षीय सन्चमान लिम्बु मृत फेला परेका छन्।
ओखलढुंगाको मोलुङ गाउँपालिका-४ बस्ने ४५ वर्षीय बिष्णु नेपाली सोही गाउँपालिका- ३ कुलखोलास्थित कुलोमा मृत भेटिएका छन्।
त्यसैगरि चितवनको भरतपुर महानगरपालिका-३ बाह्रघरे डेरा गरी बस्ने सोही महानगरपालिका -१८ गुन्जनगर घर भएका ७० वर्षीय सुकदेव ढकाल पनि सोही ठाउँस्थित झाडीमा बिहीबार मृत अवस्थामा फेला प्रहरीले जनाएको छ।
अछामको मंगलसेन नगरपालिका-९ कैलाश खोलास्थित देउताडामा हाल नाम, थर र वतन नखुलेकी महिलाको शव फेला परेको छ।
त्यस्तै लमजुङको राइनास नगरपालिका -२ पन्थेडाँडास्थित बाटोमा सोही नगरपालिका -३ गैरीडाँडा बस्ने ५२ वर्षीय बिष्णु हमाल मृत फेला परेका छन्।
डडेलधुराको अजयमेरू गाउँपालिका -५ गालस्थित सार्की टोल बस्ने ३० वर्षीय मान सिंह सार्की पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यी सबै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Shares

प्रतिक्रिया