शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण बागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ।
शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो। अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
साथै लामो दूरीका यातायात बन्द गरेको छ। तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ।
बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ। वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर सतर्कता अपनाउन आग्रह गरिएको छ।
189
Shares

प्रतिक्रिया