समाज


रौतहट र पर्सामा अति भारी वर्षा

२४ घण्टामा रौतहटमा ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा, अन्त कहाँ कति?
रौतहट र पर्सामा अति भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार ६:४८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी वर्षा रौतहटमा मापन भएको छ।

यस अवधिमा रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। अहिले पनि त्यस क्षेत्रमा भारी वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टाको तथ्यंक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो। बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ। 

ललितपुरमा पनि भारी वर्षा भइरहेको छ । ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ। 

त्यसैगरि चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ। ५० देखि १०० मिलिमिटरको बीचमा वर्षा हुने जिल्लाहरु भने दर्जनौँ रहेका छन्।

दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ। 

विभागको बाढी पूर्वानुमान महाशाखाले अहिलेसम्म ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गसिकेको  जनाएको छ। 

रौतहट, बारा, पर्सा वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरन समेत बजाइएको छ। राति पनि भारी वर्षा जारी रहने भएकाले सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ। 

अहिले वंगालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 

त्यसैगरि कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad