समाज


विपद् व्यवस्थापन बैठकमा पुगेर सुदन गुरुङले दिए यस्तो ‘निर्देशन’ (भिडिओ)

विपद् व्यवस्थापन बैठकमा पुगेर सुदन गुरुङले दिए यस्तो ‘निर्देशन’ (भिडिओ)

नेपालखबर
असोज १९, २०८२ आइतबार १०:४५, काठमाडौँ

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा पुगेर कर्मचारीहरूलाई ‘निर्देशन’ दिएका छन्।

लगातार वर्षाका कारण मुलुकका विभिन्न स्थानमा भएका विपद्‌बारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टको नेतृत्वमा शनिबार साँझ भइरहेको बैठकमा गुरुङ पनि पुगेका हुन्। 

यस क्रममा उनले कर्मचारीहरूलाई ‘निर्देशन’को शैलीमा उद्धार र राहतका लागि केके गर्ने भनेर बताएका छन्। गुरुङले सामाजिक सञ्जाल इन्टाग्राममा राखेको भिडिओमा उनी भनिरहेका छन्, ‘जहाँ जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैनन्, त्यो पहिले पहिचान हुनुपर्‍यो नि! तब तपाईंहरूले यो यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ, बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासनपानी के-के हुन्छ, यसो मिलाइदिनुपर्ला। किनभने त्यहाँ खाना छैन।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad