समाज


नारायणगढ-मुग्लिन-काठमाडौँ सडकमा चल्न थाले गाडी (भिडिओ)

नारायणगढ-मुग्लिन-काठमाडौँ सडकमा चल्न थाले गाडी (भिडिओ)

नेपालखबर
असोज २०, २०८२ सोमबार ७:३८, काठमाडौँ

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अहिले कुनै पनि अवरोध बिनै यातायातका साधन चलिरहेका प्रहरीले जनाएको छ। 

आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् ढंगले सञ्चालनमा आएका हुन्। 

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकमा पहिरोको उच्च जोखिम थियो। 

पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आइतबार राति  ९ बजेपछि ती सडकमा सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा रोक लगाएको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले यातायात सञ्चालनमा आएसँगै आज बिहानबाट रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए। 

 

चितवन जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर) मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन्। 

तर, नारायणगढ- मुग्लिन सडकखण्ड पहिरोको जोखिम भने कायमै रहेको भन्दै प्रहरीले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न चालक र यात्रुलाई अनुरोध गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad