आज (आइतबार) दिनमा कतै कतै वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (थोरै घाम देखिने अवस्था) तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ।
यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना देखिनु सम्भावना न्यून हुनु हो।
मौसम महाशाखाका अनुसार आज रातिचाहिँ कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल) तथा बाँकी ठाउँमा मौसम मुख्यतया सफा करिब पूरै आकाश सफा) रहने छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
Shares

प्रतिक्रिया