रुपन्देहीमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
गएराति कन्चन गाउँपालिका-५ फायरलाइनमा बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बस्ने ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका- ५ बस्ने ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर बिक रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पिपरा अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गाडी चालकसहित चारजना घाइते भएका छन्। उनीहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र मर्सिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि रुपन्देहीमै मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका-४ डिंगानगरमा लु.४२ प ३५४१ नम्बरको मोटरसाइकले ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घर भएका ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया