समाज


राशिफल २५ कात्तिक : तुलालाई प्रेममा सफलता, धनुको दिन कमजोर, तपाईँको के?

राशिफल २५ कात्तिक : तुलालाई प्रेममा सफलता, धनुको दिन कमजोर, तपाईँको के?

ज्यो. मेनुका दाहाल
कात्तिक २५, २०८२ मंगलबार ४:३५, काठमाडौँ

आज मङ्गलबार, २५ कात्तिक २०८२ (११ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शुभकार्यको चर्चा चल्नेछ। मन खिन्न हुने स्थिति आउला। अनावश्यक झमेलामा परिनेछ। स्वास्थ्यमा बाधा उत्पन्न होला। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। साँझमा सफल यात्राको योग छ।

भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृष: नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइएला। तार्किक क्षमता बढ्नेछ। बोलीको प्रभावले स्वरोजगार भइनेछ। मन्त्र- ढिलो भए पनि पहाड चढिन्छ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन: समाजसेवामा मन लाग्नेछ। धार्मिक यात्राको योग छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मन्त्र- विचारले मात्र होइन, व्यवहारले पनि सशक्त बन।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: नयाँ कार्यको चर्चा चल्नेछ। आत्मबलमा वृद्धि हुनेछ। आत्मसन्तुष्टि प्राप्त होला। धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट होला। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा संलग्न हुनु पर्ला। भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो। घरव्यवहारमा झमेला होला।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। रमाइलो यात्रा होला। प्रेम सम्बन्ध मधुर रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। उपहार पाइने समय छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: नयाँ वस्त्र तथा अलंकार प्राप्त हुनेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। लामो समयदेखि रोकिएका काम सुचारु हुनेछन्। चिताएको कामले तीव्रता लिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

वृश्चिक: भाग्यले विभिन्न अवसर जुराउनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। केही नयाँ कुरा खरिद गरिएला।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: कमजोर भएको अनुभूति हुनेछ। चित्त दुख्ने समाचार सुन्नमा आउला। अध्ययनमा त्यति ध्यान दिन नसकिने देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको साथ पाइनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३२, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मकर: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। बजार घुम्ने अवसर जुर्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: नसोचेको ठाउँबाट धनागम हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ कार्य वा रोजगारी मिल्ला। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेमीबाट विषेश सहयोग मिल्नेछ। मन्त्र- तपाईँको दृढता नै जितको पहिलो पाइला हो।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad