आज आइतबार, ३ फागुन २०८२ (१५ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: धार्मिक कार्यमा रुचि बढ्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ। मनमा उत्साह छाउनेछ र बोली बिक्ने समय छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७७, वैदेशिक कार्यमा ५१, शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृष: परोपकारका क्षेत्रमा लगानीको समय छ। समय उत्साहजनक रहनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ। आर्थिक लाभ पनि रहनेछ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५७, शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
मिथुन: झुटा आरोप–प्रत्यारोपका कारण समस्या आउन सक्छ। नयाँ योजना कार्यान्वयनमा कठिनाइ पर्न सक्छ। तर राजनीति तथा समाजसेवामा जनताको साथ र समर्थन पाइनेछ। स्थिर सोचले सफलता दिलाउनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ३७, वैदेशिक कार्यमा ५८, शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: लामो समयदेखि रोकिएका अधुरा तथा विदेशसम्बन्धी काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ७०, शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: आफन्तसँग रमाइलो र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागिता हुनेछ। पुराना समस्या सुल्झिन सक्छन्। नजिकको व्यक्तिको सहयोगले काम सफल हुनेछ तर केही धन खर्च हुनसक्छ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५७, शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: धर्मकर्ममा मन लाग्नेछ। साथीभाइको सहयोगले हिम्मत बढ्नेछ। एकपछि अर्को अवसर प्राप्त हुनेछ। नयाँ पद, प्रतिष्ठा तथा वस्त्र–अलंकार प्राप्ति हुन सक्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ७१, शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
तुला: आलस्य त्याग्न नसके काममा अवरोध आउन सक्छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। राम्रो खबर पाइनेछ तर खर्च पनि बढ्न सक्छ। आर्थिक चिन्ताले अशान्ति बढ्न सक्छ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, वैदेशिक कार्यमा ३८, शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: गोप्य कार्यमा सफलता मिल्नेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। कार्यमा सफलता प्राप्त हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ र वाहन लाभको योग छ।
भाग्यशाली रङ गुलाबी र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, वैदेशिक कार्यमा ५९, शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु: महत्वपूर्ण क्षेत्रको भ्रमण हुनसक्छ। दैनिक कार्यमा प्रगति हुनेछ। आजको श्रमले भविष्यमा लाभ दिलाउनेछ। साँझतिर खुसीका लागि खर्च बढ्न सक्छ। योजना गोप्य राखेर अघि बढ्नु राम्रो।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५१, शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: मनमा शान्ति छाउनेछ। शुभचिन्तकहरूको पूर्ण समर्थन मिल्नेछ। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख र सुखद् यात्राको अवसर मिल्नेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५८, शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।
कुम्भ: सानातिना समस्याले अल्झनुपर्नेछ। लगानी उपलब्धीमूलक नहुन सक्छ। शरीरमा स्फूर्ति कम हुनेछ। व्यक्तिगत खुसीका लागि खर्च हुनेछ। मध्य दिनपछि शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७, शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मीन: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष र उत्साह छाउनेछ। नयाँ लगानी तथा आर्थिक वृद्धिको योग छ। व्यावसायिक क्षेत्रमा राम्रो प्रगति हुनेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, वैदेशिक कार्यमा ७२, शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य गर्ने। छलकपट नगर्ने।
Shares

प्रतिक्रिया