समाज


आजदेखि एकसातासम्म सार्वजनिक बिदा

आजदेखि एकसातासम्म सार्वजनिक बिदा

नेपालखबर
फागुन १८, २०८२ सोमबार ९:२०, काठमाडौँ

आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। 

फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ। 

निर्वाचनको बिदा सुरु हुनुअघि आज र भोलि होली पर्व परेको छ। होलीका लागि आज फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा छ। 

निर्वाचनको बिदा सकिएको भोलिपल्ट फागुन २३ गते शनिबार परेको छ। फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सरकारले सार्बजनिक बिदा दिँदै आएको छ। 

निर्वाचन र होलीको कारण काठमाडौँका सडकमा आज सवारी साधन पातलो चलेका छन्। सार्वजनिक बिदा अवधि लामो हुने भएपछि यसपटक धेरै मानिस होली पर्व मनाउन र निर्वाचनमा सहभागी हुन काठमाडौँबाट गाउँ गएका छन्। 

तर नेपाल राष्ट्र बैंकले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad