वुहानसहित चीनको जनजीवन यतिबेला सामान्य बनिसकेको छ। गत डिसेम्बर महिनामा कोरोनाको महामारी देखिएपछि जनवरीदेखि नै चीनले लकडाउन गरेको थियो।
कोरोनाको प्रभाव घटेसँगै अप्रिल ८ देखि चीनका प्राय सबै शहर खुला छन्। यसबीचमा त्यहाँ कोरोनाका कारण हुने मृत्युका घटना पनि रोकिएको छ।
यद्यपी कोरोनाको दोस्रो लहर अझ खतरनाक हुनसक्ने विज्ञहरुको चेतावनीबीच चीनले वुहानमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको छ।
सबैको स्वास्थ्य परीक्षण दश दिनभित्रमा सकिने चिनियाँ संचारमाध्यमले जनाएका छन्। वुहानमा एक करोड १० लाख जनसंख्या छ। रोयटर्स

प्रतिक्रिया