सप्तरीबाट ट्रकमा लुकेर आएका एक मजदुरलाई प्रहरीले अस्पताल पुर्याएको छ। काठमाडौंमा उद्योग खोलेपछि काम गर्न आएको बताएका उनलाई अस्पताल पठाइएको काँडाघारी प्रहरी प्रभागले जनाएको छ।
उनलाई लुकेर आएको देखेपछि पेप्सीकोलामा केहीबेर होहल्ला मच्चिएको थियो। त्यसपछि काँडाघारी प्रभागबाट गएको प्रहरीले सोधपुछ गरेर उनलाई अस्पताल पठाएको प्रहरीले जनाएको छ।
लकडाउनका बेला सबै उद्योग तथा संघसंस्था बन्द भएपछि गाउँ फर्किएका मजदुरहरु उद्योग सञ्चालन हुन दिएसँगै राजधानी फर्किन थालेका छन्।

प्रतिक्रिया