सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण गरेको छ। नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा कागजपत्र हस्तान्तरण गरेका हुन्।
सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए।
उनले भने, ‘प्रहरीको भवनसँगै सबै गाडी जलेर ध्वस्त भएकाले गस्ती गर्न सहज होस् भनेर रु ४३ लाखमा गाडी किनेर सहयोग गरेका हौँ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सूर्यविनायक नगरपालिका वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला थापालगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया