सिराहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बडहर्वा मिर्चैयाबाट बन्दिपुरतर्फ जाँदै गरेको स.४ प ५५६६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ कर्जन्हा नगरपालिका-६ तिनकुनेमा दुर्घटना हुँदा कर्जन्हा नगरपालिका-६ बस्ने २२ वर्षीय रबि सदाको मृत्यु भएको हो।
उनी मोटरसाइकलको पछाडि सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फुल कुमारी मेमोरियाल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
636
Shares

प्रतिक्रिया