प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आइतबार दिउँसोदेखि हिमपात भएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवास्थित मुक्तिनाथ मन्दिर र आसपासका क्षेत्र हिउँले सेताम्मे भएका छन्।
आइतबार बिहानैदेखि मौसममा आएको बदलीसँगै दिउँसोदेखि हिउँ पर्न थालेको हो। हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि पुगेका तीर्थयात्री र पर्यटकहरू उत्साहित देखिएका छन्। रानीपौवा, झारकोट र खिङ्गा लगायतका क्षेत्र हिउँले ढाकिएपछि यस क्षेत्रको दृश्य मनोरम बनेको छ।
यद्यपि, हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण स्थानीय जनजीवन भने प्रभावित भएको छ।
मुस्ताङको माथिल्लो भेगमा हिमपात भए पनि बेनी–जोमसोम–मुक्तिनाथ सडक खण्डमा सवारी आवागमनमा भने खासै अवरोध पुगेको छैन। किसानहरूले भने ढिलो गरी भएको यो हिमपातले हिउँदे बालीलाई राहत पुग्ने आशा गरेका छन्।





Shares

प्रतिक्रिया