समाज


दमकका डीएसपी लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

दमकका डीएसपी लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

नेपालखबर
चैत ३, २०८२ मंगलबार १७:२०, काठमाडौँ

इलाका प्रहरी कार्यालय दमक, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। 

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गरेको भन्दै कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पुरस्कृत गरेको हो। 

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५  जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएका थिए। 

यस्तै, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरू र हिरासतबाट भागी फरार भएका थुनुवाहरू खोजतलास गर्ने क्रममा दमकमै खाली जग्गाको झाडीबाट एउटा राइफल र विभिन्न स्थानबाट भागेका १९ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका थिए। 

फागुन महिनामा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भएकामा १० वटै फछ्र्यौट भएका छन्। 

आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्य गरेको पनि कोसी प्रदेश प्रहरी कार्यालय जनाएको छ। 

ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरू सम्बन्धित कार्यालयहरूसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भूमिका निर्वाह गरेको र २२ जना फरार प्रतिवादीहरू समेत पक्राउ गर्न भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad