मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ।
यतिबेला (बुधबार बिहान) कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेश लगयात कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशको हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ।
यस क्रममा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना कम रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
यस्तै राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको तराई तथा बागमती र कोसी प्रदेशको पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्ने, बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा राति सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
Shares

प्रतिक्रिया