मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ। यतिबेला (बिहीबार बिहान) हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने कोसी प्रदेशको पहाडी भेग र मधेसमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।
यस क्रममा दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। यस्तै कोसी प्रदेशलगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभाग, मधेस र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
यस्तै राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी तराईमा आंशिक बादल देखिनेछ।
यस क्रममा राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

Shares

प्रतिक्रिया