समाज


विभिन्न ठाउँमा ५ जना मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

विभिन्न ठाउँमा ५ जना मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
चैत ५, २०८२ बिहिबार १५:११, काठमाडौँ

विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन्। धनुषा, ओखलढुंगा, उदयपुर, संखुवासभा र तनहुँमा आज पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा एक वृद्धको शव फेला परेको छ। 

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरि ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-१ स्थित सुनकोशी नदीमा पनि एक पुरुषको शव भेटिएको छ। 

रामेछापको रामेछाप नगरपालिका-५ बस्ने ५५ वर्षीय मंगल बहादुर माझी मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरि उदयपुरको बेलका नगरपालिका-२ चन्द्रपुरमा पनि एक युवक मृत भेटिएका छन्। 

सडक किनारामा मृत भेटिएका युवक बेलका-२ झण्डी टोल बस्ने ३६ वर्षीय जनक राई हुन्। 

त्यसैगरि संखुवासभाको खाँदबारी नगरपालिकामा पनि एक युवक मृत भेटिएका छन्। 

खाँदबारी-१ स्थित खाँदबारी बसपार्कमा सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरि तनहुँको देवघाट गाउँपालिका-५ स्थित जरायो खोलामा पनि एक पुरुष मृत भेटिएका छन्। 

सोही गाउँपालिका-५ बस्ने ५४ वर्षीय युवराज गुरूङ मृत अवस्थामा फेला परेका हुन्।

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad