समाज


स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न प्रसूति गृह र काठमाडौँ महानगरबीच सम्झौता

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न प्रसूति गृह र काठमाडौँ महानगरबीच सम्झौता

नेपालखबर
चैत ५, २०८२ बिहिबार १५:३४, काठमाडौँ

काठमाडौँ महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न अनुदानसम्बन्धी सम्झौता भएको छ। 

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा महानगर र अस्पतालबीच उक्त समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार प्रसूति तथा स्त्रीरोग अस्पतालले महानगरअन्तर्गतका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नेछ।

चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार उक्त प्लान्ट निर्माणका लागि महानगरले दुई करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।

एमओयू कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य प्रवद्र्धन केन्द्र विस्तारसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको कारण सम्झौता गरिएको बताइन्।

उनले काठमाडौँ महानगरभित्र कुनैपनि कार्य गर्नको लागि खालि ठाउँको अभाव हुने गरेको उल्लेख गर्दै सोही कारण स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको बताइन्।

यस सम्झौताले प्रसूति गृह र महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादन हुने स्वास्थ्यजन्य फोहोर एकै स्थानमा प्रभावकारी व्यवस्थापन हुने उनको विश्वास छ। 

उनले भनिन्, ‘हामीले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको लागि विभिन्न अस्पतालहरुमा विभिन्न चरणमा हामीले छलफल गर्यौँ। यद्धपी त्यो काम सफल भएको थिएन। आज प्रसूति गृह र महानगरका स्वास्थ्यप प्रबन्धन केन्द्रबाट उत्पादन हुने स्वास्थ्यजन्य फोहोर एकै ठाउँमा व्यवस्थापन हुनेगरी एमओयू गरेका छौँ। फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माणको कार्य तत्काल थालनी गर्न र समयमै फोहोर व्यवस्थापनको कार्य शुरु गर्नेगरी काम गर्न म प्रसूति गृहलाई अनुरोध पनि गर्न चाहन्छु।’

उनले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको लागि प्लान्ट निर्माण कार्य तत्काल शुरु गरी समयमै सञ्चालनमा अनुरोध पनि गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad