आफू अमेरीकन आर्मीमा कार्यरत रहेको भनि सामाजिक सञ्जाल ह्वाट्सएपबाट कुराकानी गरेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका-२ का ३४ वर्षीय भेषराज वाग्ले रहेका छन्।
वाग्लेले सामाजिक सन्जालमा विभिन्न बहाना बनाई (विशेषत: महिलाहरुलाई तार्गेट बनाई) प्रलोभनमा पारी हाल विदामा नेपालमा जग्गाको कर तिर्न आएको लगाएतको झुठ्ठा आश्वासन दिलाई आफ्नो खातामा लिमिट लागेको बहाना बनाई रकम माग गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
विशाल थापा क्षेत्री नाम बताउने भेषराज वाग्लेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलिले थानकोटबाट पक्राउ गरेको हो।
उनीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ।
30
Shares

प्रतिक्रिया