समाज


इनिशाको न्यायका लागि माइतीघरमा प्रदर्शन

इनिशाको न्यायका लागि माइतीघरमा प्रदर्शन

नेपालखबर
चैत ७, २०८२ शनिबार १४:३१, काठमाडौँ

सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको हत्याको विरोधमा काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। 

शनिबार अधिकारकर्मी र नागरिक अगुवाले प्रदर्शन गरेका हुन्। उनीहरूले दोषीलाई कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन्। 
उनीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी अधिकारकर्मीले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

गत फागुन २३ गते सुर्खेतकी १६ वर्षीया इनिशा सामुदायिक वनमा अचेत भेटिएकी थिइन्। उनलाई स्थानीय बासिन्दाले अस्पताल पु¥याएका थिए। अस्पताल पुगेको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। 

बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीको अनुसन्धान जारी रहेको जनाएको छ। पीडित परिवार र आफन्तजनले न्यायका लागि प्रदर्शन गर्दै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad