समाज


पानी पार्ने प्रणाली बाहिरिँदै, मौसममा सुधार हुने

पानी पार्ने प्रणाली बाहिरिँदै, मौसममा सुधार हुने

नेपालखबर
चैत ७, २०८२ शनिबार १९:४७, काठमाडौँ

दुई दिनदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिइन्। अब शुक्रबार र शनिबार बिहानको जस्तो वर्षा नहुने पोखरेलले बताइन्। 

उनका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली हुनेछ। अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि विस्तारै हट्ने पोखरेलले बताइन्। 

अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने उनको भनाइ छ। तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने मौसमविद् पोखरेलले बताइन्। 

विभागको अभिलेख अनुसार अहिले कोसी, बागमती र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। 

त्यस्तै, रुपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने छिटफुट वर्षा भएको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad