समाज


पैदलयात्रीलाई जोगाउन खोज्दा बस सडकबाट खस्यो

पैदलयात्रीलाई जोगाउन खोज्दा बस सडकबाट खस्यो

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८२ आइतबार ९:३, काठमाडौँ

कैलालीमा पैदल यात्रीलाई जोगाउन खोज्दा बस पल्टिएको छ। 

शनिबार साँझ काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

बस दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सडकमा हिँडिरहेका स्थानीय ५५ वर्षीय भक्तबहादुर बटालालाई जोगाउने क्रममा बस सडकबाट तल खसेको हो। बसको ठक्करबाट बटाला भने सामान्य घाइते मात्र भएका छन्। उनको सुखडस्थित अस्पतालमा उपचार भइरहेको ।

पैदलयात्रीलाई बचाउन खोज्दा बस विपरीत दिशाको सडकबाट तल खसेको प्रहरीले जनाएको छ। बस दुर्घटनमा परेपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad