काठमाडौँ महानगरमा सञ्चालित सातवटा विद्यालयले नाम र ठेगाना परिवर्तन गर्ने तयारी गरेका छन्।
त्यसैगरि महानगर क्षेत्रका चारवटा विद्यालयले भने स्थान परिवर्तनको लागि काठमाडौँ महानगरपालिकामा निवेदन दिएका छन्।
केही विद्यालयले भने स्वामित्व परिवर्तनको तयारी गरेका काठमाडौँ महानगरपालिकाले जनाएको छ।
त्यसरि नाम, ठेगाना र स्वामित्व परिवर्तन गर्न चाहने विद्यालयको विवरण महानगरपालिकाले आइतबार सार्वजनिक गरेको छ।
‘नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा संघ-संस्थाको कुनै किमिकको दाबी, विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन दिन पनि महानगरपालिकाले आग्रह गरेको छ।
हेर्नुहोस् सूचना


393
Shares

प्रतिक्रिया