समाज


अर्थ मन्त्रालयको असहयोगले स्वास्थ्य बिमा कार्यक्रम धरापमा: मन्त्री गौतम

अर्थ मन्त्रालयको असहयोगले स्वास्थ्य बिमा कार्यक्रम धरापमा: मन्त्री गौतम

नेपालखबर
चैत ८, २०८२ आइतबार १७:१८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी छन्।

मन्त्रालयमा आफ्ना पाँच महिने कार्यकालको समीक्षा गर्न आयोजित कार्यक्रममा मन्त्री गौतमले अर्थ मन्त्रालयको कार्यशैलीका कारण स्वास्थ्य बिमा कार्यक्रम धरापमा परेको भन्दै आक्रोश व्यक्त गरेकी हुन्। 

मन्त्री गौतमले स्वास्थ्य बिमा  सेवा सुचारु राख्न मन्त्रालयले सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले केवल एक अर्ब मात्र उपलब्ध गराएको जानकारी दिइन्। 

निर्वाचनपछि बाँकी बजेट दिने प्रतिबद्धता जनाए पनि अहिले अर्थ मन्त्रालय जिम्मेवारीबाट पन्छिएको मन्त्री शर्माको आरोप छ।

निर्वाचन पछि स्वास्थ्य बिमाका लागि रकम उपलब्ध गराउँछु भनेर अर्थ मन्त्रालय कुलिङ पिरियड मनाउन व्यस्त रहेको भन्दै टिप्पणी गरेकी छन्। 

‘कात्तिक महिनासम्मको हिसाब निकालिसकेर सात अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ। हाम्रा अस्पतालका समस्याबाट विमुख भएर अर्थ मन्त्रालय अहिले कुलिङ पिरियड मनाउन व्यस्त छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अर्थको यस्तो व्यवहार बुझिनसक्नु छ,’ स्वास्थ्यमन्त्री गौतमले भनिन्। 

स्वास्थ्य मन्त्रालयकै धेरै महाशाखाका कार्यक्रम कटौती गरेर ७५ करोड रकम बिमालाई उपलब्ध गराएको भन्दै उनले अर्थ मन्त्रालयको असहयोगका कारण बिमा कार्यक्रम प्रभावित भएको बताईन्। 

‘कात्तिक महिनासम्मको हिसाब निकालिसकेर अर्थ मन्त्रालयसँग ७ अर्ब मागेकोमा जम्मा एक अर्ब मात्रै पायौँ, निर्वाचन पछि बाँकी रकम दिन्छु भन्ने वचन दिएर पनि, हाम्रा अस्पतालका समस्याबाट विमुख भएर, अर्थ मन्त्रालय कुलिङ् पिरियड  मनाउन व्यस्त छ। 

‘आकस्मिक र प्राथमिकीकरण गरेर काम गर्ने हाम्रा  स्वास्थ्यकर्मीलाई यस्तो किसिमको व्यवहार र उपचार बुझिनसक्नु भएको छ, दुःख मनाउ गर्ने बाहेक केही गर्न नसक्ने अवस्थामा हामीलाई पुर्याइएको छ,’ मन्त्री गौतमले भनिन्। 

स्वास्थ्यमा मासिक २ अर्व खर्च रकम खर्च हुने गरेको छ। बिमा बोर्डले कार्तिक मसान्तसम्म मात्र ७ अर्व रकम अस्पतालहरुलाई भुक्तानी गर्न बाँकी छ। 

अर्थमन्त्री रामेश्वर खनाले केही दिन अघि आफनो प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य बिमाको भुक्तानी दायित्व व्यवस्थापन जटिल अवस्थामा रहेको टिप्पणी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad