समाज


उपचारमा लापरवाही देखिएपछि डा. अजय साह एक साताका लागि निलम्बित

उपचारमा लापरवाही देखिएपछि डा. अजय साह एक साताका लागि निलम्बित

नेपालखबर
चैत ९, २०८२ सोमबार १८:३६, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले दन्त चिकित्सक डा. अजयकुमार साहलाई एक साताका लागि निलम्बन गरेको छ। 

काउन्सिलको फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. साहलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको हो। डा. साहमाथि एक वर्ष अघि नै काउन्सिलमा उजुरी परेको थियो। 

काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले उजुरी उपर छानबिन गर्ने क्रममा उपचारमा त्रुटी भएको पाइएकाले निलम्बन गरिएको बताए। 
घटना के थियो?

गत वर्ष चैत ५ मा काठमाडौँको कुलेश्वर निवासी एक २६ वर्षीया महिला अत्यधिक दाँत दुखेपछि मीनभवनस्थित डेन्टल भिजन प्रालि पुगेकी थिइन। त्यहाँ पुगेर उनले डा. साहसँग उपचार गराएकी थिइन। काउन्सिलमा गरेको उजुरीमा ती महिनाले आफूलाई कुनै एनेस्थसिया नदिई उपचार गरेको दाबी गरेकी थिइन।

तीन पटकसम्म उपचार गराउँदा सामान्य रुपमा भए पनि चौथो पटकमा भने अत्यन्त पीडा भएको बताएकी थिइन। चिकित्सकले बारम्बार एक्सरे गरेको र त्यस क्रममा पीडा निकै भएको समेत उनले उजुरीमा उल्लेख गरेकी थिइन्। 

गिजामा संक्रमण, सुजन र असहजता देखिएको थियो। त्यसपछि २०८२ वैशाख ७ मा सुनिएको दाँत लिएर क्लिनिकमा जाँदा डा. साहले सामान्य समस्या भन्दै गम्भीर रुपमा नलिएको आरोप लगाएकी थिइन।

आफूले डा. साहबाट राम्रो रेस्पोन्स नपाएपछि अन्य चिकित्सकसँग उपचारका लागि पुगेको उनले बताएकी छन्। त्यहाँ जाँदा आरसीटी अपुरो भएको कारण बिग्रिएको र दाँत निकाल्नु पर्ने अवस्था आएको महिलाले उजुरीमा उल्लेख गरेकी छन्।

उनले अपुरो उपचारले आफ्नो दाँत निकाल्नु पर्ने अवस्था आएको, स्वास्थ्य समस्याका कारण काम, अध्ययन र सामाजिक जीवनमा गम्भीर बाधा पुगेको तथा आफ्नो आत्मविश्वासमा समेत कमि आएको जिकिर गरेकी छन्। उपचारमा भएको यस किसिमको लापरवाहीको उचित क्षतिपूर्ति हुनु पर्ने भन्दै उजुरी दिएकी थिइन।

काउन्सिलले अस्पतालको सम्पूर्ण कागजात, उपचारमा सम्लग्न चिकित्सकको बयान तथा विषयविज्ञको रायको आधारमा एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad