मौसम पूर्वानुमान महाशाखाले राति कहाँ, कति चिसो थियो भन्ने विषयमा आज (मंगलबार बिहान) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम सार्वजनिक गरेको छ।
मौसम महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.४ डिग्री सेल्सियसमा उक्लिएको छ। हिजो (सोमबार) यो तापक्रम ११.७ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले जारी गरेको अहिलेसम्मको विवरअनुसार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ४.४ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी बारा (सिमरा) र झापा (चन्द्रगढी विमानस्थल) मा समान १९.५ डिग्री सेल्सियस छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
हेर्नुहोस् तापक्रम सूची (न्यूनतम आजको, अधिकतम हिजोको)

Shares

प्रतिक्रिया