बारामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका-१५ डुमरवानामा ना.७ त ५२५६ नम्बरको ट्याक्टरले प्रदेश २-०३-००७ प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक जीतपुर सिमरा उपमहानगरपालिका-२ बस्ने रौतहट घर भएका ६१ वर्षीय केदार प्रसाद शर्मा रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई प्रदेश ०२-०३-००१ त.५६१५ नम्बरको ट्याक्टरमा समेत ठोक्किएको थियो।
प्रहरीले दुबै ट्याक्टरका चालकहरूलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
675
Shares

प्रतिक्रिया