१८ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु गंगाजमुना मार्गमा रहेको आदित्य मण्डल नाम बताउने व्यक्तिको कोठाबाट मण्डलसहित उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र जितु कुमार रायलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका १९ वर्षीय आदित्य मण्डल धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ का हुन् भने शम्भु कार्की (४१) सिन्धुलीको दुधौली नगरपालिका ५ का हुन्।
जितु कुमार राय (वर्ष २७) भारतको सितामडीका बासिन्दा हुन्।
उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा उक्त कोठा भित्र तलासी लिँदा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद ५६ हजार ८९५ रुपैयाँ र भारतीय रकम २ हजार ८ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
तीनै जनाउपर काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।
शम्भु कार्की विरुद्ध २०७० पुस ३० गते डाँका र २०७७ भदौ ४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया