भदौ २३ र २४ गतेको घटना बारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसमाथि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ।
संविधानविद् डा. भिमार्जुन आचार्यले पनि बिहीबार साँझ प्रतिवेदनमाथी टिप्पणी गरेका छन्।
उनले उक्त प्रतिवेदन गाईको बारेमा लेख्न भनेकोमा गधाको बारेमा लेखेजस्तो भएको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यसदिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाएको उनको टिप्पणी छ।
उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यस्तै भएको र त्यो पूरा भएको आचार्यको दाबी छ।
जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भएको उनको आरोप छ।
3.6k
Shares

प्रतिक्रिया